ताजा समाचार

पर्दाफास

अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठ

२०७४ असार १५ बिहिबार
image not found
१५ असार, दाङ । अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते भएका छन् । गम्भीर घाइते एकजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ खनदहमा एमाले कार्यकर्ताहरुको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण खनाल गम्भीर घाइते भएका छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर रातारात काठमाडौं पठाइएको छ । उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।
 
मतदानको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच विवाद बढेपछि आक्रमण भएको हो । जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यसैगरी दाङको लमही नगरपालिकामा पनि एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका एक कार्यकर्ता घाइते भएका छन् । गएराति साढे ९ बजे लमही नगरपालिका-७ कमानपुरमा एमाले कार्यकर्ताको आक्रमणबाट स्थानीय सुवास चौधरी घाइते भएका हुन् । उनको लमहीमै उपचार भइरहेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All