ताजा समाचार

पर्दाफास

पेस्तोलसहित माओवादीका कार्यकर्ता पक्राउ

२०७२ मङ्सिर २१ सोमबार
image not found
मंसिर २१- रौतहट प्रहरीले इटालियन अटोमेटिक पेस्तोलसहित रौतहट विश्रामपुरका राकेश साहलाई पक्राउ गरेको छ । एकीकृत नेकपा माओवादीका कार्यकर्तासमेत रहेका साहलाई चन्द्रपुर नगरपालिका–१३ बालचनपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । साहबाट एक थान पेस्तोल र १२ वटा गोली लोड हुने म्यागजिन, मोबाइल १, नागरिकता र कागजातहरु बरामद भएको प्रहरी उपरिक्षक गणेशराज रेग्मीले जानकारी दिए । 
उता, ईलाका प्रहरी कार्यालय सिमराले २० किलो चरेश बरामद गरेको छ । चितवनबाट सिमरा आउँदै गरेको ना५ख १२८९ नम्बरको यात्रुबाहक बसबाट बेवारिसे झोलामा चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।