ताजा समाचार

पर्दाफास

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम पड्काए

२०७४ असार १४ बुधबार

अछाम, असार १४ - अछामको विनायक नगरपालिका २ मा मतदातालाई भयभित बनाइ मतदान प्रभावित तुल्याउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले  बम पड्काएका छन् । सरस्वती आधारभूत विद्यालय मतदान केन्द्र ‘क’ र ‘ख’ को बिचमा मतदानकेन्द्रबाट १५ मिनेटको पैदलदूरीमा बम पड्काएका हुन् । बम पडकाएर मतदातालाई तर्साउन खोजेपनि मतदाता उत्साहका साथ मतदानमा सहभागी भएका छन् । ११ सय ९५ मतदाता रहेको सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा अहिलेसम्म झण्डै ३ सयले मतदान गरिसकेका छन् ।