ताजा समाचार

पर्दाफास

बैतडीमा ११३ र १०३ वर्षका वृद्धले गरे मतदान

२०७४ असार १४ बुधबार

बैतडी असार १४ – बैतडीको चर्नाया गाउँपालिकामा ११३ वर्षका पशुपति साउदले मतदान गर्नुभएको छ । उहाँले भूमिराज निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । यस्तै बैतडीकै राष्ट्रिय मावि फातीगढा मतदान केन्द्रबाट १०३ वर्षका हरिजीत साउदले पनि मतदान गर्नुभएको छ । गाउँको विकासका लागि सकी नसकी मतदान केन्द्रमा आएर भोट हालेको ११३ वर्षका पशुपति साउदले बताउनुभयो ।

बैतडीमा अहिले घाम लागिरहेकाले मतदाताहरु उत्साहका साथ मतदान केन्द्र जाँदैछन् ।  बैतडीको ४ नगरपालिका र ६ गाउँपालिकाका लागि ४ सय ४० पदका लागि १ हजार ७ सय ४ जना चुनावी मैदानमा छन् ।  बैतडीका १ सय ७४ मतदान स्थलमा मतदान भइरहेको छ । प्रदेश नं. ७ को बैतडीमा १ लाख २५ हजार २ सय ८३ जना मतदाता छन् । 

प्रमुख समाचार

कर्मचारी

View All