ताजा समाचार

पर्दाफास

घुससहित गाउँपालिकाका कर्मचारी अख्तियारको फन्दामा

२०७४ बैशाख १७ आइतबार
image not found

जनकपुर, वैशाख १७ – महोत्तरीको सोनमा गाउँपालिकाका एक कर्मचारीलाई १५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । सोनमा गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका सचिव सुभाष पौडेल सेवाग्राहीबाट सिफारिस वापत लिएको १५ हजार रुपैयाँ  घुससहित आइतबार पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले पौडेललाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको जनाएको छ । संसदीय विकास कोषबाट सुन्दरपुरमा भएको बाटो मर्मतको रकम निकाशाका लागि वडाबाट लिनुपर्ने सिफारिका लागि सचिव पौडेलले घुस लिएको अख्तियारले जनाएको छ ।  

बाटो मर्मतको काम सकिएपछि सांसदीय विकास कोषबाट रकम निकाशाका लागि जाँदा पौडेलले बिना घुस सिफारिस नगर्ने भनेपछि सेवाग्राहीले अख्तियारको कार्यालयमा निवेदन दिएका थिए । त्यसै अनुरुपप अख्तियारले सेवाग्राहीलाई १५ हजार रुपैयाँ उपलब्ध गराएको र सेवाग्राहीले घुस दिँदै गर्दा अख्तियारले पौडेललाई पक्राउ गरेको हो ।