ताजा समाचार

पर्दाफास

नगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ

२०७३ चैत १८ शुक्रबार

चैत १८ – सिन्धुलीको कमलामाई नगरपालिकाका एक कर्मचारी २२ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले सिन्धुलीको कमलाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठलाई शुक्रबार कार्यालयमा एक सेवग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको हो ।

आयोग बर्दिबासका एसपी राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले श्रेष्ठालाई शुक्रबार दिउँसो २ बजे पक्राउ गरेको जनाएको छ । भूकम्पपीडितको जग्गाबाट बाटो लगिदिने प्रयोजनमा एक जना सेवाग्राहीबाट कर्मचारी श्रेष्ठले घुस लिएका हुन् । श्रेष्ठले घुस मागेपछि सेवाग्राहीले आयोगको कार्यालयमा निवेदन दिएका थिए । त्यसैअनुसार अख्तियारले २२ हजार ५ सय रुपैयाँ सेवाग्राहीलाई उपलब्ध गराएको थियो । त्यही रकम श्रेष्ठले लिएपछि अख्तियारले पक्राउ गरेको एसपी लम्सालले जानकारी दिनुभयो । पक्राउ परेका श्रेष्ठलाई भ्रष्टाचार ऐन अनुसार कारबाहीका लागि मुद्दा दायर गरिने उहाँले बताउनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All