ताजा समाचार

पर्दाफास

ग्राहक बनेर प्रहरीले पक्रियो खैरो हिरोइनसहित एक युवक

२०७३ फाल्गुण ७ शनिबार

सिरहा, फागुन ७ –  लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कसहाबाट गोलबजार-६ का भक्ति राईलाई तीन ग्राम खैरो हिरोइनसहित पक्रेको हो । 

पहिला देखिनै यस क्षेत्रमा कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा निगरानी गरिरहेको बेला राई फेला परेको इलाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार आफूहरुले यो क्षेत्रमा हिरोइनको कारोवार भइरहेको भन्ने जानकारीमा आएपनि आफै प्रयोग कर्ता बनेर कारोवारीसम्म पुग्ने प्रयास गरिरहेको बेला राई पक्राउ परेको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले पूर्वी नेपालको काँकडभीट्टा पारी भारतीय बजार पानीट्याङ्कीबाट मागको आधारमा लागुपदार्थ ल्याई सिरहाको गोलबजार, मिर्चैया, उदयपुरको कटारी लगायतको क्षेत्रमा बेच्ने गरेको प्रहरीको भनाई रहेको छ । 

सडकमा हिँडिरहेका बेला शंकाको आधारमा राईलाई नियन्त्रणमा लिई खान तलासी गर्दा उनको साथबाट खैरो हिरोइन भेटिएको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका राईलाई लागुऔषध कारोबार ऐन अन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । उनी यसअघि पनि राई ब्राउन सुगरसहित पक्राउ परेका थिए । 

प्रमुख समाचार

कर्मचारी

View All