ताजा समाचार

पर्दाफास

प्रेमिकाले छाडेको भन्दै एसीड आक्रमण, काठमाडौं ल्याउँदै गर्दा मृत्यु

२०७३ माघ २४ सोमबार

माघ २४ – रुपन्देहीको बुटवलमा भएको एसीड आक्रमणबाट नवलपरासी गैंडाकोटकी एक युवतीको ज्यान गएको छ । आइतबार राति बुटवलको होटल मेरिडियनमा नवलपरासी गैडाकोट-५ की २७ वर्षकी तुल्सा सापकोटालाई धादिङ नौबिसे बस्ने २८ वर्षका सुनिल कोइरालाले एसिड आक्रमण गरेका थिए । 

तुल्सा र सुनिलको केही समय अघि प्रेम सम्बन्ध रहेको र तुलसाले आफूलाई छोडेर अर्कै केटासँग प्रेम गरेपछि एसीड हानेको सुनिलले स्वीकारेका छन् । एसिड आक्रमणबाट घाइते तुलसालाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । थप उपचारको लागि काठमाडौं लैजाने क्रममा सोमबार बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

एसीड आक्रमणबाट तुलसाको टाउको, अनुहार र शरीर जलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो । 

प्रमुख समाचार

कर्मचारी

View All