ताजा समाचार

पर्दाफास

बुलेट मोटरसाइकलमा आएका २ जनाले मनि ट्रान्सफरबाट ३ लाख २० हजार लुटे

२०७३ माघ २१ शुक्रबार

माघ २१ – इटहरीको पचरुखीमा रहेको मनि ट्रान्सफरबाट शुक्रबार दिउँसो तीन लाख २० हजार रुपैयाँ लुटपाट भएको छ । दुई जनाले मनि ट्रान्सफरमा कार्यरत कर्मचारीलाई धम्क्याएर रकम लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरीका गणेश कार्कीले ग्लोबल आइएमई बैंकबाट लगेको एक लाख २० हजार रुपैयाँ र मनि ट्रान्सपरमा रहेको अरु रकम लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिनु भयो । 

लुटपाट गर्न आएकामध्ये एक जना ढोकामा बसेको र अर्का एक व्यक्ती भित्र पसेर रकम लिएर आएपछि बुलेट मोटरसाइकलमा चढेर भागेको मनि ट्रान्सपरका कर्मचारीहरुले बताएका छन् । पैसा लिने बहानामा आएका दुई जनाले कसरी कर्मचारीलाई नियन्त्रणमा लिए भन्ने बिषय पनि अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।  

प्रमुख समाचार

कर्मचारी

View All