ताजा समाचार

पर्दाफास

भारतमा लगेर महिला बेच्ने बलराम पक्राउ

२०७३ माघ १९ बुधबार

माघ  १९ – महानगरीय प्रहरी परिसर भक्तपुरले भारतमा नेपाली युवती लैजाँदै बेच्ने गिरोहलाई सार्वजनिक गरेको छ । परिसरमा बधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई जना महिलालाई भारतमा लगेर बिक्री गर्ने पर्साको वीरगञ्ज उपमहानगरपालिका छपकैयाका ३३ वर्षे बलराम महतोलाई माघ १४ गते वीरगञ्जबाट पक्राऊ गरि बुधबार सार्वजनिक गरेको हो । 

परिसरकी प्रमुख एवम् प्रहरी उपरीक्षक किरण राणाले नेपाली महिलालाई सीमा पार गराएर भारत पुर्याए वापत २ हजारदेखि ८ हजार रुपयाँसम्म भारतीय रकम लिने गरेको अनुसन्धानमा खुलेको जानकारी बताउनुभयो ।त्यसैगरी भक्तपुर नगरपालिका–४ कमलविनायक मुलढोका बस्ने सलिम मगरलाई पक्राऊ गरी ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको बताउनुभयो । मगरले गएको साउन ९ गते काठमाडौं गुर्जुधारा बस्ने वर्षे २७ का नवराज सुनारलाई ज्यान मार्ने उदेश्यले कुटपिट गरी उनको साथमा रहेको २ लाख ५० हजार रुपैयाँ, मोबाइल र अन्य सामाग्री लुटपाट गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।  

त्यसैगरी प्रहरीले अवैध रुपमा निकासी गरी बिक्रीका लागि लाँदै गरेको ६ ट्रिपर बालुवासहित ट्रिपरलाई नियन्त्रण लिई एम लाख ३८ हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ । कार्यक्रममा परिसरका प्रवक्ता दिलबहादुर सुवेदीले भक्तपुर अदालतबाट कैद र जरिवाना तोकी फरार रहेका ७ जनालाई पक्राऊ गरी अदालतलाई बुझाएको बताउनुभयो । त्यसैगरी सवारी नियम उलंघन गर्ने ३ हजार सात सय ४३ वटा गाडीलाई कारबाही गरिएको र ५७ लाख ७८ हजार रुपैयाँ राजस्व असुली गरेको जानकारी दिनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All