ताजा समाचार

पर्दाफास

चीनले गर्यो भारतको गोप्य योजनाको पर्दाफास

२०७३ माघ ७ शुक्रबार

चीनले आफ्नो राष्ट्रविरुद्ध भर्खरै भारतले चालेको एउटा गोप्य कदमको पर्दाफास गरेको छ । भारत सरकारले चीनविरुद्ध विद्रोह गर्र्दै आएका तिब्बतका धार्मिक नेता दलाई लामालाई आगामी वर्ष चीन र भारतको सीमाको पूर्वी क्षेत्र जान अनुमति दिएको कुराको चीनले खुलासा गरेको हो । चीनले सो क्षेत्रमा लामालाई कुनैपनि हालतमा प्रवेश नदिन भारतलाई आग्रह गर्दै आएको थियो ।

शुक्रबार चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले उक्त कदमको कडा विरोध जनाएका छन् ।

प्रवक्ता खाङले चीनले उक्त सुचनामाथि विशेष ध्यान दिएको बताउँदै चीन र भारतबीचको विवादित क्षेत्र समेत रहेको सो स्थानमा नेता लामालाई जान अनुमति दिएको भन्ने सुचनाको कडा विरोध गरे । उनले भारतलाई तिब्बत समस्यामा दिएको राजनीति प्रतिबद्धतालाई अक्षरशः पालना गर्न समेत आग्रह गरे ।

चीन र भारतबीच रहेको सो विवादित क्षेत्रको बारेमा चीनको अडान स्पष्ट र अबिच्छिन रहेको प्रवक्ता खानले बताएको चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सवालमा धार्मिक नेता लामाको नेतृत्वमा स्वतन्त्र तिब्बत अभियान जारी छ । यद्यपि,पछिल्लो समयमा सो अभियानको नेतृत्वमा अर्का नेता आएको बताइए पनि संरक्षकको भूमिकामा भने दलाई लामानै रहेको चीनले दाबी गर्दै आएको छ । एजेन्सी