ताजा समाचार

पर्दाफास

कांग्रेसले षड्यन्त्रको पर्दाफास गर्छः सभापति देउवा

२०७३ माघ ७ शुक्रबार
image not found

नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडका जनताबीच लडाउने षड्यन्त्र भईरहेको बताउँदै त्यसको कांग्रेसले पर्दाफास गर्ने बताएका छन् ।

देउवाले मधेसी जनताको भावनाको कदर नगरे देश द्वन्दमा जाने बताए । ‘राष्ट्रिय मेलमिलापको लागि मधेस, पहाड र हिमाललाई मिलाएर जान जरुरी छ,’ देउवाले भने ‘सवैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने पार्टीको निर्णय हो । कुनै एक व्यक्तिको होईन ।’ उनले सुशील कोइराला र केपी ओलीबीच पहिला भएको सहमतिका आधारमा पार्टी अघि बढेको दावी गर्दै सवै जनताको भावनाको कदर गर्नुपर्नेमा जोड दिए ।

अघिल्ला वक्ताहरुले पार्टीमा गुटवन्दी, चाकडीप्रथा हावी भएको बताउँदै असन्तुष्टि जनाएका थिए । पहिला कांग्रेस एउटालाई चोट लाग्दा अर्कोलाई दुख्ने गरेपनि अहिले कुन कस्को गुटको हो भनेर हेरिने गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । जवाफमा देउवाले गुट, उपगुटको अन्त्यका लागि अव पार्टी पद्वतिको आधारमा सबैलाई समेटेर अघि बढ्ने बताए । उनले गाउँ, जिल्ला सबै तहका नेताहरुलाई एकजुट भएर अघि बढ्न निर्देशन समेत दिए । 

प्रमुख समाचार

कर्मचारी

View All