ताजा समाचार

पर्दाफास

साथीको हत्या गर्ने चार हत्यारा सार्बजनिक

२०७३ पौष १० आइतबार
image not found
सुनसरी, पुस ११ - सुनसरी धरानका विकास राजंबशीका हत्यारालाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएकामा धरान–८ का दिप तामाङ, रोमन गुरुङ, धरान– ९ का आयुप चौधरी र भारत पश्चिम बंगालस्थित दार्जिलिङका सौरभ राई छन् । 
 
चारै जनाले लागू औषध सेवन गरी साथी विकासको शनिवार हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । हत्याराहरुबाट प्रहरीले एक थान खुकुरी, डेनड्राईट, नाइट्रोसन नामक लागु औषध बरामद गरेको छ । पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी कार्वाही थालिएको प्रहरीले जनाएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All