ताजा समाचार

पर्दाफास

बैतडीमा किशोरी समूहले बालविवाह रोके

२०७३ मङ्सिर २४ शुक्रबार
image not found
बैतडी, मंसिर २५ – बैतडीका विभिन्न गाविसमा गठन गरिएका किशोरी समूहले बालविवाह रोक्नका लागि पहल गरिरहेका छन् । किशोरी समूहको पहलमा रौलेश्वर तथा शंकरपुरमा शुक्रबारका  लागि तय भएका बालविवाह रोकिएका छन् । किशोरी समूहको विशेष पहलमा बालविवाह रोकिएको महिला तथा बालबालिका कार्यालय बैतडीले जनाएको छ । बालविवाहका कारण महिलाको समग्र जीवनमा समस्या पर्ने भएकाले यसको न्यूनिकरणका लागि किशोरी  समूहलाई परिचालन गरिएको महिला विकास अधिकृत अनिता बुढाऐरले बताउनुभयो ।
 
जिल्लाका विभिन्न गाविसमा मंसिर महिना लागेदेखि बालविवाह न्यूनिकरणका लागि किशोरी समूह परिचालन गरिएको उहाँले बताउनुभयो । यसअघि मंसिर १५ गतेका लागि तय भएको बालविवाह पनि रोकिएको थियो । बालविवाहले पार्ने असरका बारेमा किशोरीलाई तालिम दिएपछि किशोरी बालविवाह न्यूनिकरणको अभियानमा लागेका हुन् ।
 
किशोरी समूहको पहलमा अहिले जिल्लाभरी बालविवाह न्यूनिकरणको अभियान सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । बैतडीलाई २०७५ भित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ बालविवाह न्यूनिकरण अभियान सञ्चालन भइरहेको हो । 
 

प्रमुख समाचार

कर्मचारी

View All