ताजा समाचार

पर्दाफास

दार्चुला सुन्सेरा डिपोको खाद्यान्न चामल बाटो बाटै बेचि खायो

२०७३ मङ्सिर २१ मंगलबार
image not found
मङ्सिर २१, दार्चुला | नेपाल सरकारले खाद्य संस्थान मार्फत दुर्गम क्षेत्रका स्थानीयलाई सस्तोमा खाद्यान्न दिने गरेको छ । यसै अनुसार दार्चुला जिल्लामा पनि मार्मा र दुहुँ क्षेत्रका स्थानीयलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले दुहुँ क्षेत्रको सुन्सेरामा रहेको खाद्य डिपोका लागि दशै तिहारका लागि आएको चामल अझै गाउँमा नपुगेको स्थानीयले गुनासो गरेका छन् । दशै तिहारका लागि आएको झण्डै अढाइसय क्वीन्टल चामल मध्ये सुन्सेरामा ५० देखि ६० क्वीन्टल चामल मात्रै पुगेको स्थानीय चन्दा कुवरले जानकारी दिनुभयो । 
 
सुन्सेरा गाविसमा नेकपा माओवादीको तर्फबाट पाँच छ बर्षसम्म गाविसमा सर्वदलिय प्रतिनीधिको जिम्मेवारी समेत बहन गर्दै आएका कुवरका अनुसार ठेकेदारले भाडा बचाएर दार्चुला सदरमुकामबाटै पनि चामल बेच्ने गरेको पनि बताउनु भयो । सुन्सेरा डिपोका लागि बार्षिक २ हजार देखि ५ हजार क्वीन्टलसम्म आउने चामल विगतमा पनि बाटोबाटै बेचिने गरेको र बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको चन्दा कुवरको भनाई छ । त्यसैगरी कोटा भन्दा कम चामल जाने र गएको चामल पनि गुणस्तरिय नहुँदा स्थानीयले बाध्य भएर महंगोमा खाद्यान्न किनेर खानु परेको छ । खाद्यान्नको चामल ३५ रुपैँया प्रतिकिलोग्राम विक्रि भईरहेको छ । 
 
त्यसैगरी सुन्सेर खाद्य डिपोका वितरक जनकसिह खातीका अनुसार हालसम्म ९ सय क्वीन्टल चामल वितरण भईसकेको र दशै तिहारको लागि आएको ३ सय क्वीन्टल चामल अझै वितरण गर्न बाँकी रहेको छ  । सुन्सेरा खाद्य डिपोका लागि आउने १५ सय क्वीन्टल चामल मध्ये यो बर्ष हालसम्म सबै चालम पुगी नसकेको र यसबर्षबाट डिपोमा बार्षिक ६ हजार क्वीन्टल चामल आउन लागेको जानकारी पनि खातीले दिनुभयो । त्यसैगरी सुन्सेराको डिपोबाट वितरण हुने चामल जिल्लामा सर्वदलिय निर्णय भएर नै बाटोबाट पनि वितरण हुने गरेको पनि वितरक जनकसिह खातीले जानकारी दिनुभयो । सुन्सेरा डिपोबाट सुन्सेरा गाविसभरीका जनतालाई चामल वितरण गरिन्छ । 

प्रमुख समाचार

कर्मचारी

View All