ताजा समाचार

पर्दाफास

रौतहटमा एक वर्षीया बालिका बलात्कार

२०७३ कार्तिक २५ बिहिबार
image not found
रौतहट, कात्तिक २५ -रौतहटमा एक वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट, नयाँबस्तीका ४० वर्षीय हरिहर महतो रहेका छन् । घरकै आगनमा सुतिरहेकी बालिका बलात्कृत भएकी हुन् । 
बालिकालाई घरको आगनमा झोलुंगेमा छाडेर अभिभावक काममा गएकोबेला महतोले बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका महतोलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जिल्ला अदालत गौरबाट विहीबार सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All