ताजा समाचार

पर्दाफास

विष सेवन गराई छोरीको हत्या

२०७२ पौष ८ बुधबार
image not found
कञ्चनपुर, पुस ८ - आफ्नै सौतेली छोरीलाई विष सेवन गराई हत्या गरेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–१३ शान्तिपुरकी ३० वर्षीया डम्बरा पन्तलाई प्रहरीले पक्राउ गरेको छ । आठ वर्षीया छोरी लक्ष्मीको शव गाड्न लागेका बेला मङ्गलबार साँझ ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो , घरभन्दा झण्डै एक किलोमिटर टाढाको चौधरा नदीको किनारामा छोरीको शव गाड्ने क्रममा पन्तलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदाम रावलले बताए।
 

प्रमुख समाचार

कर्मचारी

View All