ताजा समाचार

पर्दाफास

जिउँदै आगो लगाउने घटनामा संलग्न एक जना पक्राउ

२०७२ पौष ६ सोमबार
मोरङ, पुस ६ - मोरङको भाथिगछ– ७ का २८ वर्षीय बब्लु राजवंशीमाथि पेट्रोल छर्किएर जिउँदै आगो लगाउने घटनामा संलग्न एकजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार भाथिगछ– २ का ४९ वर्षीय शिवु मलाहालाई पक्राउ गरिएको हो । जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार लुकेर बसेको सूचनाका आधारमा प्रहरीको विशेष टोलीले मोरङको कटहरीबाट मलाहलाई पक्राउ गरेको हो । अरोपित शिवुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक खरेलको भनाइ छ । उन भने– ‘थप तीनजनालाई चाँडै पक्राउ गर्छौ ।’ घटनामा संलग्न भाथिगछ– २ का अजय सिंह, जीतेन्द्र मुखिया र जुगेश्वर मुखियालाई प्रहरीले खोजीरहेको छ । को १ प २४५० नं. को मोटरसाइकलमा भारतीय पम्पबाट १५ लिटर पेट्रोल खरिद गरेर आउँदै गर्दा बब्लुमाथि भाथिगछ– २ रामजानकी चोकमा गत मङ्सिर १० गते बिहान पेट्रोल छर्किएर आगो लगाइएको थियो । 
                                                  रासस
 

प्रमुख समाचार

कर्मचारी

View All