ताजा समाचार

पर्दाफास

कञ्चनपुरमा चितुवाको छाला र हड्डीसहित दुईजना पक्राउ

२०७२ पौष ३ शुक्रबार
image not found
कञ्चनपुर, पुस ३ - कञ्चनपुर बेदकोट नगरपालिका-३ मा दुईवटा चितुवाको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन् ।
बिहीबार पक्राउ परेका उनीहरुलाई आज शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको छ । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीले बिहीबार बेदकोट नगरपालिका क्षेत्रबाट आठ फिट दुई ईन्च लम्बाई र चार फिट आठ इन्च चौडाई तथा सात फिट आठ ईन्च लम्बाई तथा चार फिट आठ इन्च चौडाई भएको दुई थान चितुवाको छाला र साढे सात किलो हड्डीसहित दुई व्यक्तिलाई पक्राउ गरेको थियो । 
 
पक्राउ पर्नेमा पर्शुराम नगरपालिका-१२ का सुरत बुढा मगर र पर्शुराम-१ का खडक धामी रहेका छन् । उनीहरुलाई डडेल्धुराबाट चितुवाको छाला र हड्डी कञ्चनपुर ल्याउँदै गर्दा विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बुढामगर र धामीलाई राष्ट्रिय निकुञ्ज वन्यजन्तु ऐनअनुसार कारवाही हुने जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All