ताजा समाचार

पर्दाफास

श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

२०७५ असोज ६ शनिबार
image not found

असोज ६ - 

सामान्य विवादकाक्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ ।

शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा घाइते भएकी उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारकाक्रममा मृत्यु भएको हो ।

श्रीमान्–श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए ।

श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताए ।

शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All