ताजा समाचार

पर्दाफास

घुस लिएको आरोपमा वीरगन्ज महानगरपालिकाका दुई कर्मचारीसहित तीन पक्राउ

२०७५ असोज ४ बिहिबार
image not found

वीरगन्ज, असोज ४ - 

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्ज महानगरपालिकाका दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ ।

महानगरपालिकाको शिक्षा शाखाका अधिकृत मन्जुर आलम र नायब सुब्बा शशीभूषण साहलाई एक लाख रुपैयाँ घुस लिएको भन्दै टोलीले पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका–१४ स्थित फुरकान इन्टरनेसनलका सन्चालक एकबाल हैदरसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।

विद्यालय सन्चालन अनुमति दर्ताका लागि उनीहरुले घुस लिएको आरोप लागेको छ ।

घुस रकम शशीभूषण साहका भान्जाको पसलबाट बरामद गरिएको जनाइएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All