ताजा समाचार

पर्दाफास

प्रहरीमा भर्ती गरिदिने भन्दै ठगी गर्ने पूर्वप्रहरी हवलदार पक्राउ

२०७५ भदौ ३१ आइतबार
image not found

दाङ, भदौ ३१ -

जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गर्ने पूर्वप्रहरी हवलदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

दोलखा भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

लामालाई सिआइवीको सहयोगमा भदौ २७ गते काठमाडौंबाट पक्राउ गरिएको जनाइएको छ । लामाले विभिन्न व्यक्तिलाई प्रहरीमा भर्ती गराइदिने भन्दै प्रतिव्यक्ति करिब २ लाख ५० हजार रुपैयाँ ठगी गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रमुख समाचार

कर्मचारी

View All