ताजा समाचार

पर्दाफास

निर्मलाका बाबु–आमालाई काठमाडौंमै यसरी ‘दुःख दिँदैछ प्रहरी’

२०७५ भदौ २९ शुक्रबार
image not found

काठमाडौं, भदौ २९ - 

छोरीको बलात्कारपछि हत्या भएसँगै अनुसन्धानमा प्रहरीले देखाएको रबैयाबाट असन्तुष्ट निर्मला पन्तका बाबुआमा अहिले राजधानी काठमाडौंमा छन् ।

यहाँ आएपछि न्याय पाइन्छ कि भन्ने उनीहरुको आश छ । तर, काठमाडौं आएदेखि नै सादा पोसाकका प्रहरीले आफूहरुको पिछा गरेर अनावश्यक दुःख दिएको आरोप उनीहरुले लगाएका छन् ।

हुन त घटना घटेलगत्तै निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई प्रहरीको रबैया मन परेको थिएन ।

स्थानीय प्रहरी प्रशासनले आफूहरुलाई अनेक धम्की दिएको गुनासो उनीहरुले गर्दै आएका थिए । देशैभर निर्मलाले न्याय पाउनुपर्छ भन्ने आवाज उठ्यो । जिल्लावासीले अभूतपूर्व सक्रियता र साथ दिए । तर, अपराधी पत्ता लागेन ।

काठमाडौं गएपछि न्याय पाइन्छ कि भनेर उनीहरु अहिले यहाँ सरोकारवालाहरुसँग हारगुहार गरिरहेका छन् । तर, प्रहरीले आफूहरुप्रति गरेको व्यवहारले उनीहरु रुस्ट भएका छन् ।

निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीले आफूहरु बसेको होटल, हिँडेको गल्लीलगायतका स्थानमा सादा पोसाकका प्रहरीले खानतलासी लिने र तस्वीर खिच्ने गरिरहेको बताएका छन् ।

सादा पोसाकका प्रहरीको यो कार्यले आफूहरु आतंकित भएको उनीहरुको भनाइ छ ।

यज्ञराज र दुर्गादेवी कन्चनपुरका ९ जना महिला अधिकारकर्मीको साथमा काठमाडौं आएका हुन् ।

महिला अधिकारकर्मी शारदा चन्द आफूहरु काठमाडौं झरेदेखि नै नचिनेका व्यक्तिहरुले चियोचर्चाे गरिरहेको, सादा पोसाकका प्रहरी आफूहरु बसेको गेस्टहाउसमै आएर खानतलासी लिन थालेको दाबी गर्छिन् ।

‘किन प्रहरी हाम्रो पछि लागिरहेको छ ? प्रहरीले घटनास्थलमा गएर अपराधी पत्ता लगाउने कि न्यायको लडाइँमा आएका हामीहरुलाई आतंकित पार्ने ?’–चन्द प्रश्न गर्छिन् ।

न्याय माग्न आएका पीडितहरुलाई त्रास देखाइ, मानसिक तनाव दिइ राजधानीबाट लखेट्ने षड्यन्त्र भइरहेको चन्दको गुनासो छ ।

प्रमुख समाचार

कर्मचारी

View All