ताजा समाचार

पर्दाफास

५० लाख बराबरको खैरो हिरोइनसहित दुई युवक पक्राउ

२०७५ भदौ २३ शनिबार
image not found

भदौ २३ - 

भारतबाट भित्र्याइएको रु ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो हिरोइनसहित पर्साको सखुवाप्रसानी गाउँपालिका–२ निवासी जयरामकुमार राम र बालेश्वर दास थारुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट खरिद गरिएको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन नेपाल भित्र्याएको सूचनाको आधारमा कारबाही गर्दा राम र थारुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उनले लागुऔषध नियन्त्रण ब्यूरोले दिएको सूचनाको आधारमा बसपार्कस्थित होटलमा छापामारी चेकजाँच गर्दा ९ ओटा प्याकेटमा रहेको उक्त परिमाणको खैरो हिरोइन बरामद भएपछि आवश्यक अनुसन्धानका लागि रामलाई नियन्त्रणमा लिएको र उनले दिएको सूचनाको आधारमा थारुलाई वीरगन्जबाटै पक्राउ गरिएको बताए । 

प्रमुख समाचार

कर्मचारी

View All