ताजा समाचार

पर्दाफास

महिलामाथि ‘अश्लील व्यवहार’ गरेपछि चिकित्सक पक्राउ

२०७२ मङ्सिर २६ शनिबार
image not found
सितल भट्ट ,
कञ्चनपुर  मंसिर २६ - अस्पतालमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि कन्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल प्रालिका चिकित्सक डा. कमलकिशोर राज पक्राउ परेका छन् । शनिबार बिहान भीमदत्तनगरको गल्ली नम्बर २ मा रहेको हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट नगरपालिकाकी महिलालाई हस्पिटलका सन्चालकसमेत रहेका डा. राजले दाँतको जाँचका क्रममा आफूमाथि अश्लील व्यवहार गरेको ती महिलाको आरोप छ । अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय कन्चनपुरको हिरासतमा राखिएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All