ताजा समाचार

पर्दाफास

अवैध हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

२०७५ भदौ १८ सोमबार
image not found

वीरगन्ज, भदौ १८ - 

वीरगन्जमा अवैध वित्तीय कारोबार (हुन्डी) सन्चालन गरेको आरोपमा दुई भारतीयसहित पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साका पवनकुमार गुप्ता, अजय मानन्धर, अजय जैसवाल र भारत, विहारका साबिर मियाँ र अशोक श्रीवास्तव रहेका छन् ।

उनीहरुको साथबाट ५४ लाख ९६ हजार रुपैयाँ नगद, चारथान मोबाइल, डायरी र अरु कागजात बरामद भएको पर्सा प्रहरी पवक्ता सत्यनारायण थापाले जाकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलार्ई सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइने प्रहरी कार्यालयले जनाएको छ ।

बितेको १० महिनामा वीरगन्जबाट १२ जना हुन्डी कारोबारी पक्राउ परिसकेका छन् । सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करीमा हुन्डीको बढी प्रयोग हुने गरेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All