ताजा समाचार

News

मुसाको अध्ययनबाट पत्ता लाग्यो–आमा बिना पनि बच्चा जन्माउन सकिन्छ

२०७३ भदौ २९ बुधबार
image not found
भदौ २९ –
 आमा बिना पनि बच्चा जन्माउन सकिने सम्भावना रहेको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले अण्डा वा डिम्बको साटो छालाको कोषबाट बनाइएको अण्डा वा डिम्बबाट बच्चा जन्माउन सकिने अनुसन्धानबाट देखिएको बताएका छन् । यसले लोप हुने अवस्थामा पुगेका पशुपक्षीको संरक्षणमा सहयोग पुग्ने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । यसलाई मानिसको प्रजनन् स्वास्थ्य समस्याको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने उनीहरुको भनाई छ । 
 
मुसामा गरिएको अध्ययनबाट यस्तो देखिएको हो । बेलायतको युनिभर्सिटी अफ बाथका वैज्ञानिकले पोथीको डिम्ब वा अण्डा बिना नै शुक्रकिटलाई भ्रुणमा परिणत गरी स्वस्थ मुसा जन्माएका छन् । यसले बच्चा जन्माउनका लागि पोथीको अण्डा वा डिम्ब अनिवार्य नरहेको भन्ने देखाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । अण्डा वा डिम्बको सट्टा छाला वा अरु अंगका कोष प्रयोग गर्न सकिनेछ ।
 
 छाला तथा अरु अंगका विशेष कोषबाट बनाइएको अण्डामा शुक्रकिट राखेपछि भ्रुण बनाउन सकिएको अनुसन्धानकर्ता डा. टोनी पेरीले बताउनुभयो । झण्डै दुईसय वर्षको प्रयासपछि यसमा सफलता पाएको र थप अनुसन्धानको खाँचो रहेको उहाँले बताउनुभयो । अनुसन्धानले दुई पुरुषले पनि बच्चा जन्माउन सक्ने देखिएको छ । यसका लागि एकको विशेष कोष डिम्ब बनाउनका लागि प्रयोग गरिने र अर्कोको शुक्रकिट त्यसमा राखेपछि भ्रुण बन्ने वैज्ञानिक पेरीले बताउनुभयो । वा एउटै पुरुषको शुक्रकिट र विशेष कोष प्रयोग गरेर पनि बच्चा जन्माउन सकिने छ ।