ताजा समाचार

News

सलमानसँग फिल्म खेल्न फेरि अस्वीकार

२०७३ श्रावण ३२ मंगलबार
image not found
श्रावण ३२ काठमाडौं
 
को होला त्यो हिरोइन, जो बलिउड सुपरस्टार सलमान खानसँग फिल्म खेल्न नचाहोस् । वास्तवमा सलमान खानसँग ‘स्क्रीन शेयर’ गर्ने हरेक अभिनेत्रीको सपना हो । तर बलिउडमा एउटी यस्ती हिरोइन छिन्– जो पटक–पटक सलमान खानलाई अस्वीकार गर्छिन् । हो, उनी अरु कोही नभएर बलिउडकी ‘नम्बर–वान्’ हिरोइन दीपिका पादुकोण नै हुन् । लगातार दुई पल्ट आफनो प्रस्ताव दीपिकाले लत्याएको खुलासा सुल्तान–निर्देशक कबिर खानले गरेपछि दीपिकाको घमण्ड यतिखेर बलिउडमा ‘मसला–खबर’ बनेको छ । 
 
कविरको खुलासा सँगै भारतीय संचारमाध्यम भाष्कर दैनिकले लेखेको छ– ‘सलमानसँग फिल्म खेल्ने ७ वटा प्रस्ताव दिपिकाले अस्विकार गरिसकेकी छन् ।’ सलमानसँग अभिनय गर्नुपर्ने भएकाले  दिपिकाले प्रस्ताव अस्विकार गरेका पछिल्ला फिल्म ‘सुल्तान’ र ‘टयूबलाइट’ हुन् ।सुपरहिट ‘सुल्तान’ बनाएका निर्देशक कविरले नयाँ फिल्म ‘टयूबलाइट’मा सलमानको अपोजिटमा दिपिकालाई ‘कास्ट’ गर्न चाहेको हालै सार्वजनिक भएको थियो । यो खबरसँगै बलिउडमा सलमान र दिपिकाको जोडी देख्न पाइने खबर सनसनी नै बनेको थियो । 
 
‘तर दिपिकाले अस्विकार गर्दै यो प्रस्तावलाई समेत टुक्राइ दिइन’, निर्देशक कबिरले भनेका छन्, ‘आखिर किन दिपिका सलमानसँग फिल्म खेल्न चाहदिनन् ?’ अर्की हिरोइन लिएर सलमानका साथ फिल्म ‘टयूबलाइट’ निर्माण सुरु गरिसकेपछि मात्रै ‘दिपिकाले प्रस्ताव अस्विकार गरेको’ घटना सार्वजनिक गरेका निर्देशक कविरले ‘फिल्म सुल्तानमा पनि सलमानसँग फिल्म खेल्न गरिएको प्रस्ताव दिपिकाले लत्याएको’ खुलासा गरेका छन् ।
 
 
सलमान खान भन्दा तीन इन्च अग्ली दिपिका पादुकोणले बलिउडका सबैजसो ठूला स्टारहरुसँग काम गरिसकेकी छिन् । शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन, रणवीर कपुर लगायत कोही पनि बाँकी छैनन्, जो शीर्ष स्थानमा गनिन्छन् । तर थाह छैन किन उनी सलमानसँग फिल्म खेल्न चाहदिनन् ।
 
सायद सलमानका फिल्महरु हिरोइनलाई कम महत्व दिएर निर्माण गरिने शैलीका भएर पो हो कि । संचारमाध्यमका अनुसार दिपिकाले कविरलाई जवाफ दिईन रे, ‘एउटै फिल्ममा दुई/दुई वटा दबंग कसरी अटाउन सक्छ ?’ हलिउडमा समेत आफनो स्थान बनाउन थालेकी दिपिका यतिखेर हलिउड फिल्म ‘ट्रिपल एक्स रिटनर्स अफ एक्सजेन्डर केज’मा काम गरिरहेकी छन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All