ताजा समाचार

News

आईपीएल क्रिकेटको बाजीमा श्रीमती नै हारेपछि…

२०७३ जेठ १७ सोमबार
image not found
जेठ १७ गतेएजेन्सी । 
 
भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आईपीएल) आइतबार सम्पन्न भएको छ ।यो प्रतियोगिता सकिएसँगै भारतबाट एउटा अनौठो खबर आएको छ । एक महिनासम्म चलेको प्रतियोगिताभरका विभिन्न खेलमा बाजी राख्दै एक पुरुषले सबै सम्पत्ति सकिएपछि अन्तिममा आफ्नै श्रीमतीलाई नै बाजी थापेको खबर सार्वजनिक भएको हो ।
 
घटना हो भारतको कानपुरको । जो नेपालसँगै सीमा जोडिएको उत्तर प्रदेश राज्यमा पर्छ । त्यहाँको गोविन्द नगरका रबिन्दर सिंह नामका एक पुरुषले आइपीएल क्रिकेटमा श्रीमतीलाई बाजी थापेको र बाजीमा श्रीमतीलाई हारेपछि अरुलाई सुम्पिएका छन् ।
शेयर बजारमा कारोवार गर्ने रबिन्दरले बाजीमा आफ्नौ सबै सम्पत्ति गुमाएपछि श्रीमती जस्मित कौरलाई बाजी राखेका हुन् ।
 
बाजी जित्नेहरुले रबिन्दरकी श्रीमती जस्मितलाई दुर्व्यवहार गरेपछि यो घटना बाहिर आएको हो । आफूमाथि दुर्व्यवहार हुन थालेपछि जस्मितले स्थानीय गैरसरकारी संघ संस्थाको सहयोग र परामर्शमा प्रहरीमा उजुरी गरेकी थिइन् ।
बाजी थाप्ने श्रीमान रबिन्दर फरार रहेको र उनको खोजी भइरहेको कानपुरको प्रहरीले जनाएको छ । रबिन्दर र जस्मितबीच ५ वर्षअघि विवाह भएको थियो । आइपीएल क्रिकेटअन्तर्गत उनले कुन-कुन टिमको पक्षमा बाजी राखेका थिए भन्ने खुलाइएको छैन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All