ताजा समाचार

News

प्रथम बेलौरी माघी मेला २०७५ को आय व्यय सार्वजनिक

२०७५ माघ २६ शनिबार
image not found
बेलौरी-
प्रथम माघी मेला २०७५ को आय ब्यय सार्वजनिक गरिएको छ । थारु एकता हमार सान शिक्षा,भाषा,सस्कृती पौह्ररैना हमार अभियान भन्ने मुल नारा का साथ सम्पन्न भएको प्रथम बेलौरी माघी मेला २०७५ को आज थारु छात्रावास मा समिक्षा तथा आय व्यय सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको हो  ।
 
थारू कल्याण कारिणीसभा बेलौरीले आज एक कार्यक्रम गरि प्रथम माघी मेला २०७५ को आय ब्यय सार्वजनिक गरेको छ । गत पुस २७ गते देखि २९ गते ३ दिन सम्म सञ्चालन भएको प्रथम बेलौरी माघी मेलाको आय ब्यय सार्वजनिक गरिएको हो ।
 
थारू कल्याण कारिणीसभा बेलौरीको कार्यालयमा भएको आय ब्यय सार्वजनिक कार्यक्रममा आय तर्फ ४ लाख ४६ हजार ८ सय २० रूपैया र खर्च तर्फ ४ लाख ५२ हजार ४ सय ३२ रूपैया भएको थारू कल्याणकारिणी सभा कञ्चनपुरका सचिव तथा मेला मूलआयोजक समितिका सदस्य सचिव रेशम चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराउनुभयो ।
 
थाकस बेलौरीका अध्यक्ष खडग बहादुर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण बेलौरी नगर भलमन्सा समितिका सचिव विक्रम चौधरीले गरेका थिए। कार्यक्रममा मेला सफल पार्न सहयोग गर्ने उत्कृष्ट आठ जना स्वयम् सेवकहरूलाई आयोजकले कदर पत्र समेत प्रदान गरेको  छ।

प्रमुख समाचार

कर्मचारी

View All