ताजा समाचार

News

सिमाङ्कन रेखाङ्कनका लागी अनुरोध

२०७५ माघ २४ बिहिबार
बेलौरी  –
 
बेलौरी नगरपालिका कार्यालयलाई सिमाङ्कन र रेखाङ्कनका लागी अनुरोध गरिएको छ । बेलौरी उद्योगबाणिज्य संघ र श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले छुट्टा छुट्टै रुपमा पत्राचार गरि बेलौरी बजार क्षेत्रको सिमाङ्कन र रेखाङ्कनका लागि अनुरोध गरेका हुन । उद्योग वाणिज्य संघको पत्रमा भनिएको छ मैनाहा, शान्तिपुर, बेलौरी बजार, बेलौरी भन्सार हुदै बजार क्षेत्र वरपर को सडक खण्डलाई बेलैमा सिमाङ्कन र रेखाङ्कन गरिदिन हुन स्थानिय सरकार संग पहल गरिन्छ । बेलौरीको बिकास र सम्बृद्धि प्रत्यक्ष रुपमा सडक संग जोडिएकाले यस बिषयमा कदम चाल्न अनुरोध गरिएको पत्रमा उल्लेख छ । 
 
साथै श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति बेलौरीले आह्वान गरेको पत्रमा भनिएको छ बेलौरी वडा नम्बर ६ स्थित ओभरहेड टंङ्की बाट राजमार्गको दुबै तर्फ सडक कच्ची अवस्थामा भएदेखि पाईप जडान गरि पानी बितरण गर्दै आएको ब्यहोरा समेत उल्लेख छ । यस्तै हाल राजमार्गको सडक क्षेत्रमा घर टहराहरु निर्माण भईरहेकाले खानेपानीका पाईपहरु पुनः राजमार्गको स्तरोन्नति गर्दा पुराना पाईप क्षतिहुने भएकाले दोहोरो खर्च हुने हुदा खर्चिलो हुने देखिन्छ । तसर्थ समयमै शान्तिपुरको स्याली खोला, शान्तीपुर, बेलौरीबजार, प्रेमनगर, भुराकोट, बैशाखा सम्म राजमार्गको दुवै किनारा क्षेत्र नक्सा अनुरुप सिमाङ्कन र रेखाङ्कन गरिदिन हुन श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डे द्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।       
 
स्थानिय सरकारले यस बिषयमा समयमै ध्यान पुर्याए निकट भबिष्यमा बेलौरी छोटी भन्सारलाई ७ नम्बर प्रदेशको एक अन्तराष्ट्रिय पारवाहन मुख्य भन्सार नाकाको रुपमा देख्न मिल्ने सम्भावना रहेको बिष्लेशकहरु बताउछन् ।  यस्तै बेलौरीको दिगो बिकाश र बेलौरीलाई एक मोडेल सिटीका रुपमा चिनाउन पनि सिमाङ्कन र रेखाङ्कन गरि कार्य सम्पादन गर्न आवश्यक देखिन्छ ।        
 

प्रमुख समाचार

कर्मचारी

View All