ताजा समाचार

News

निर्मलाको सम्झनामा बाल उद्यान पार्कको शिलान्यास

२०७५ माघ २३ बुधबार
image not found
कञ्चनपुर-
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको स्मृतिमा बनाईने बाल उद्यान पार्कको शिलान्यास गरिएको छ । बुधबार भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थित निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालयको जमिनमा बाल उद्यान पार्कको शिलान्यास गरिएको हो । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्की(डिके)ले पार्कको एक कार्यक्रमका विच शिलान्यास गर्नुभयो । 
 
धार्मिक परम्परा अनुसार वडाध्यक्ष कार्की र निर्मलाकी आमा दुर्गादेवी पन्तले भूमि पुजन गरेका थिए । वडाध्यक्ष कार्कीले पीडित पक्षसंगको पुर्व सहमति अनुसार विद्यालयमा चिल्ड्रेन पार्क निर्माण कार्य शुरु गरिएको बताए । उनका अनुसार चालु आर्थिक बर्ष २०७५÷०७६ मा झण्डै साढे १२ लाखको स्टमेट तयार गरिएको छ । वडाको ५ लाख बजेमा दुई कट्टा जमिन बराबरको क्षेत्रफलमा कम्पाउण्ड पर्खाल निर्माण गरिने छ । ‘यस बर्ष वडामा हामीसंग बजेट अभाव छ, ‘वडाध्यक्ष कार्कीले भने, ‘नगरपालिकाबाट समेत बजेट माग गछौँ, नगरबाट बजेट पाए यसैबर्ष पुरै निर्माण कार्य सम्पन्न हुन्छ ।’ वडाध्यक्ष कार्कीले यस बर्ष सम्पन्न हुन नसके आउँदो बर्ष पुरै निर्माण कार्य सम्पन्न हुने बताए । उनका अनुसार मुल गेट, पार्क भित्र चार ब्लक निर्माण गरिने छन् ।
 
 विद्यार्थीका लागि खेल समाग्री समेत राखिने छ । फुलका बिरुवाका साथै मुल गेटमा निर्मलाको नाम लेखिने छ । पार्क निर्माणको जिम्मा न्यू जोशी कस्ष्ट्रसनले पाएको छ । 
निर्मलाकी आमा दुर्गा पन्तले छोरी गुमाएको पिडाले पिरोलिरहेको बताउदै उनको सम्झानामा पार्क निर्माण कार्य राम्रो भएको टिप्पणी गरिन । उनले न्यायको लागि समेत कसैनिकायबाट कुनै कसर बाँकी नराख्नुपर्नेमा जोडदिए । नागरिक संघर्ष समितिका संयोजक निर्मलाको सम्झनामा गाउँमै उनले पढेको विद्यालयमा पार्क निर्माण  कार्य राम्रो भएको बताउदै संगसंगै न्यायमा समेत जोडदिए । साथीको घरमा होमवर्क गर्छु भन्दै घरदेखि हिडेकी निर्मला ११ साउन उखुबारीमा मृत अवस्थामा फेला गरेकी थिइन् ।
 
 निर्मलाको हत्या भएको झण्डै साढे ६ महिना भन्दा बढि वितिसक्दा पनि वास्तविक हत्यारा फेला परेको छैन् । निर्मला हत्याकाण्ड छानबिनका लागि विभिन्न टोली गठन भएपनि गतिलो परिमाण हात लागेको छैन् । यता निर्मलाका बाबु यज्ञराज र सौतेली आमा लक्ष्मीदेवि पन्तले छोरी निर्मलाका वास्तविक हत्यारा सार्वजनिकको माग अघि सार्दै गत २५ कार्तिकदेखि प्रशासनको मुलगेट अगाडी टेण्ट लगाएर धर्नामा बसेका छन् । 
 
घरपरिवार एव अधिकारकर्मीले निर्मलाको शरिरबाट भजाईनल स्वाब पठाएको हो, वा होईन भनि शंका गरेपछि निर्मलाको परिवारमा रगत दिने र तीनै सरकारले उनको परिवारलाई दिने घोषणा गरेको रातहको विषयमा समेत विवाद भएको थियो । शिलान्यास कार्यक्रममा निर्मलाका बाबु र सौतेली आमाको उपस्थित भएको थिएन् । 
निर्मलाको न्यायिक आन्दोलनमा होमिएका भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्कका १९ बर्षिय युवक अर्जुन भण्डारा अझैपनि अस्पतालकै बेडमा छन् । यस्तै उमेश देउवा, चेतन भट्ट, चेतराज भट्ट लगायतका घाईतेहरु उपचारार्थमै छन् । निर्मला हत्याकाण्ड छानबिनमा लार्पबाही गरेको भन्दै केही प्रहरी कर्मचारी एव अधिकृतलाई कार्बाही समेत गरेको थियो । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्ड छानबिन जारी रहेको जनाउदै आएको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All