ताजा समाचार

News

बल्मी ग्रामिण विद्युत सहकारीमा भ्रष्टाचार

२०७५ माघ २३ बुधबार
पहिलाद राना 
कञ्चनपुर -
 
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बल्मी ग्रामिण विद्युत सहकारीमा भ्रष्टाचार भएको खुलेको छ । लालझाँडी गाउँपालिका–३ बल्मीमा रहेको उक्त ग्रामीण विद्युत सहकारीमा लाखौँ रकम भ्रष्टाचार भएको रहस्य खुलेको हो ।
 
 जनताले विद्युत उपभोग गरे मार्फत सहकारीलाई तिरेको लाखौँ रकम सहकारीका पदाधिकारीले कुम्याएका छन् । जनताले तिरेको रकम सहकारीका पदाधिकारीले नेपाल विद्युत प्राधिकरणलाई नबुझाएका कारण प्राविधिकरणले विद्युतको लाईन काटेदिएपछि उक्त सहकारीमा व्यापक अनियमितता भएको तथ्य बाहिरिएको हो ।
 
 दुई दिन अघि नेपाल विद्युत प्राधिकरण शाखा बेलौरीले सयममै विद्युत महसुल बक्यौता रकम नबुझाएको भन्दै उक्त सहकारीको लाईन काटिदिएको थियो । सहकारीको लाईन काटिदिएपछि उपभोक्ता र पदाधिकारीविच विवाद भएको छ । उपभोक्ताहरुले समयमै रकम बुझाउँदा समेत अन्धकारमा बस्नुपर्ने बाध्यता आएको भन्दै सहकारीका पदाधिकारी बिरुद्ध आक्र्रोस पोखिरहेका छन् । 
 
 उक्त सहकारीका उपभोक्ता सहस्यले हरेक महिना नियमित रकम तिरेपनि सहकारीका पदाधिकारीले संकलन भएको रकम स्वहाँ पार्ने गरेका छन् । 
सहकारीमा कर्मचारी छैनन्, जथाभावि पदाधिकारीले अन्दाधुन्द रकम संलकन गर्दै आएका छन् । यसबाट समेत अनियमिता भएको उपभोक्ताको ठहर छ ।
 
विद्युत लाईन काट्दा लालझाडी गाउँपालिका–३ शंकरपुर बल्मी गाउँका ४ सय ३२ घरपरिवार बिना कारण अन्धकारमा बस्न बाध्य भएका छन् । 
लालझाडीका स्थानीय समेत रहेका उपभोक्ता शिवनाथ रानाले समितिका पदाधिकारीले पहिलेदेखि स्पष्ट हिसाबकिताब नराखेर रकम हिनामिना गरेको बताए । उनले हरेक उपभोक्ताले समयमै सहकारीलाई रकम बुझाउँदै आएको बताउदै समयमै नबुझाउनेबाट जरिवाना समेत लिने गरेको बताए । ‘हामी समयमै सहकारीलाई बक्यौता रकम तिर्दै आएका छौँ, ‘उनले भने, ‘सहकारीले विद्युतलाई बक्यौता रकम बुझाउँनु प्रदैन् ।’ 
सहकारीको रकम हिनामिनाको विषयमा पदाधिकारीविच आरोप प्रत्यरोप चलेको छ । सकारीका अध्यक्ष क्षेदीलाल चौधरी र सचिव अमर सिह रानाविच आरोप प्रत्यारोप चलेको छ ।
 
सहकारीका अध्यक्ष चौधरीले सचिव अमर सिह रानाले र सचिव रानाले चौधरीले रकम हिनामिना गरेको आरोप एक अर्कालाई लगाएका छन् । तर, सहकारीका अध्यक्ष चौधरीले अनियमिता भएको स्वीकार गरेका छन् । त्यो अनियमिता आफुले नभई सचिव रानाले गरेको आरोप लगाएका छन् । 
उनका अनुसार सचिव रानाले १० लाख, ५६ हजार ३ सय रुपैया अनियमिता गरेका छन् । भने आर्थिक बर्ष २०७४÷०७५ को असार मसान्त सम्ममा कुल १३ लाख, ५४ हजार ५ सय रकम विद्युत ब्याक्यौता रकम बुझाउँन बाँकी छ । असारदेखि यता जोड्दा समेत रकमको दर बढ्नेछ । 
 
सचिव रानाले रकम हिनामिना गरेको भन्दै स्थानीय शंकरपुर प्रहरी चौकी र गाउँपालिकामा लिखित उजुरी दिएको बताउदै अध्यक्ष चौधरीले उनलाई साधारण सभाबाट समेत निष्कासन गरिएको बताए । 
 
सचिव रानाले आफुमाथी लागेको आरोप सरासर झुट्टा भएको दावि गरे गत असारमा विद्युत प्राधिकरणमा आफुले ८ लाख रुपैया तिरेको दावि गर्दै गत चैत्रदेखि यता रकम संकलन नगरेको बताए । ‘मैले चैत्रदेखि यता सरकारीबाट ग्राहकबाट रकम बुझेको छैन, ‘उनले भने, ‘मेरो पालामा न विद्युत काटियो, न अनियमिता भयो ।’ 
 
 पुषमा २ लाख रुपैया फिर्ता गरेको समेत बताउदै उनले अध्यक्ष चौधरीले ९६ हजार र आफुले राखेका कर्मचारी अशोक रानाले १ लाख ५६ हजार रकम हिमामिना गरेको बताए । अडिट गर्दा समेत आफुलाई नबोलाएको भन्दै उनले सहकारीमा अध्यक्षले मनोमानी गरेको आरोप लगाए । ११ बर्षदेखि सहकारी मार्फत स्थानीयले विद्युत महसुल बुझाउँदै आएका छन् ।
 
स्थानीयले उक्त कार्य समितिमा भएको अनियमिता छानबिनका लागि सरकारी स्तरबाट टोली गठन गरेर दोषिलाई कार्बाही र नयाँ कार्य समिति बनाउनुपर्नेमा जोडदिदै आएका छन् । अथवा उक्त सहकारी भङग गरेर नयाँ सिधै विद्युत प्राधिकरण मार्फत रकम बुझाउने प्रबन्धमा गर्नुपर्ने माग अघि सारिरहेका छन् ।
 
नेपाल विद्युत प्राधिकरण बेलौरी शाखाले रकम तिरेपछि मात्रै विद्युतलाईन जोड्ने जनाएको छ । विद्युत प्राधिकरण शाखा बेलौरीका प्रमुख शुनिल कुमार शाहले ७० प्रतिशत रकम जम्मा गरे विद्युत लाईने जोड्ने बताए । सहकारीले जनताको साथ दिनुको साटो उल्टै सकारीका लागि जनताले रकम तिर्दातिर्दै सास्ती खेप्नु परेको छ । अन्धकारमा बस्नु गर्दाको पीडाले नागरिक समस्यामा परेका छन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All