ताजा समाचार

News

नेपालमा खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने

२०७५ माघ २३ बुधबार
image not found

नेपालमा हुने कुनै पनि खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पठाएको पत्रअनुसार विदेशी खेलाडीले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य इजाजत लिनुपर्ने उल्लेख छ ।

श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम, ठेगाना तथा प्रतियोगितामा भाग लिने क्लबहरुको समेत विस्तृत विवरण माग गरेको छ ।

श्रम इजाजत नलिई विदेशी क्रिकेट खेलाडीलाई सहभागी गराएर विभिन्न लिग खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि सरकारले यस विषयमा चासो दिएको हो ।

सरकारले श्रम स्वीकृतिमा कडाई गरेपछि यसको प्रत्यक्ष असर अर्को हप्ता धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा पर्ने देखिएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All