ताजा समाचार

News

चेल्सीलाई बर्नमाउथले ४–० ले हरायो

२०७५ माघ १७ बिहिबार
image not found

इङ्गलिस प्रिमियर लिग फुटबलका चेल्सीलाई बर्नमाउथले ४–० ले हराएको हो ।

गएराती आफ्नै मैदानमा भको खेलमा बर्नमाउथलाई विजयी गराउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले एक एक गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपूललाई लेष्टर सिटीले एक एक गोलको बराबरीमा रोकेको छ ।

खेलमा लिभरपूलका सादियो मानेले पहिलो गोल गरेपनि लेष्टरका ह्यारी म्याग्वेरेले बराबरी गोल फर्काएका हुन् ।

गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–१ ले हराउँदा साउथह्याम्पटन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका छन् ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २४ खेलबाट ६१ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा छ ।

समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ५४ अंक छ ।

४७ अंकका साथ आर्सनल चौथो स्थानमा उक्लिंदा समान ४७ अंक जोडेको चेल्सी पाँचौ स्थानमा छ ।

प्रमुख समाचार

कर्मचारी

View All