ताजा समाचार

News

बेलौरी नगरपालिका - ७ मा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण

२०७५ पौष २४ मंगलबार
image not found
रेडियो सुदुर सञ्चार / बेलौरी -
 
बेलौरी नगरपालिका वडा न ७  का जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । बेलौरी नगरपालिका वडा न ७  को आर्थिक सहयोगमा जेष्ठ नागरिक समन्वय समिती द्धारा बरैयाको गणेश माध्यमिक विद्यालयमा सामाजिक सुरक्षा भत्ता समेत पाइरहेका ज्येष्ठ नागरिकहरुलाई चिसोबाट बच्नका लागि  कम्बलहरु वितरण गरिएको हो । वडा न. ७ का ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई उक्त कम्बल वितरण गरिएको  वडा अध्यक्ष प्रकास श्रेष्ठले बताउनुभयो । जाडोछल्न निःशुल्क कम्बल पाएपछि जेष्ठ नागरिक हर्षित भएका छन् ।  कार्यक्रममा बोल्दै   वडा अध्यक्ष श्रेष्ठले जेष्ठ नागरीकहरु लाई आफ्नो समस्याहरु वडा समिति माझ राख्न अनुरोध गर्नुभयो । ज्येष्ठ नागरिकहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने र देशको राजनैतिक परिवर्तन देखि हरेक संघर्षमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै सम्मान र स्नेहपुर्ण व्यवहार गर्नुपर्ने बताउनुभयो । 
 
यस्तै कार्यक्रमका प्रमुख अतिथि एवम बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले ज्येष्ठ नागरिकहरुमा धेरै अनुभवका रहेको स्मरण गर्दै उहाँहरुबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई अत्यन्तै माया र सम्मान गर्नुपर्ने धारण व्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको हेरचाह र स्याहारमा ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै आगामी दिनहरु मा पनि यस्ता किसिमका कार्यक्रम गर्दै जाने र  ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने अन्य सेवा सुविधामा पनि नगरपालिका सदैव सकारात्मक रहेको बताउनुभयो ।
 
जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष पदम चन्दको सभापतित्वमा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथीहरु वडाअध्यक्ष प्रकाश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली, शाखा अधिकृत भोज बहदुर ऐडी, इलाका प्रहारी कार्यालय बेलौरीका प्रहरी निरीक्षक चुडामणी पुन लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All