ताजा समाचार

News

वाइडबडी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष

२०७५ पौष २३ सोमबार
image not found

काठमाडौं -

संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

समितिको आज बसेको बैठकले खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई समेत दोषी किटान गरेको छ ।

लेखा समितिले दुई पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि दोषी किटान गरेको हो ।

समितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र पर्यटनसचिव कृष्णप्रसाद देवकोटालाई मुख्य दोषी किटान गरेको छ ।

उनीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको सजाय दिन सिफारिस गरेको छ ।

समितिले अनियमिताबारे छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

तर समितिले तत्कालिन पर्यटन सचिव प्रेम राईलाई भने क्लिन चिट दिएको छ ।

हाल गृह सचिव रहेका राईलाई लेखा समितिअन्तर्गत गठित उपसमितिले विमान खरिदमा दोषी रहेको उल्लेख गरेको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All