ताजा समाचार

News

महेन्द्रनगरमा माघी साँस्कृतिक कार्यक्रम हुने

२०७५ पौष २२ आइतबार
कञ्चनपुर -
कृष्ण नेपाली 
 
महेन्द्रनगरमा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दुई दिने माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
 
भीमदत्त नगरपालिका–४ लिटिल बुद्ध एकेडेमी स्कुलको प्राङ्गण भाँसी क्रिकेट ऐकेडेमीको मैदानमा (पुष ३०–माघ १गते) माघी विशेष साँस्कृतिक कार्यक्रम हुन लागेको छ । महोत्सवको तयारी भईरहेको आयोजकले जनाएको छ । ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिका म्यानेजिङ्ग डाईरेक्टर शुनिल बिसीले बाल कलाकारको प्रर्दशनीका लागि कार्यक्रम आयोजना गरिएको बताए । 
 
उनका अनुसार ‘मन विनाको धन ठुलो कि, धन विनाको मन’ भन्ने गितको बोलका शब्द रचिता टंक बुढाथोकी बाल कलाकारद्वय अशोक दर्जी ए.आर.बुढाथोकीको प्रस्तुती रहनेछ । यस्तै कञ्चनपुर दोधाराचाँदनीका स्थानीय समेत रहेका आधुनिक ¥यापर मिस्टर डेउडा गायक आरजे, लाल.ब. धामी (अछामी बड्डो), डान्सर बिनु शाक्य, युवा गायक नवराज कलौनी, बरिष्ठ उद्घोषक एव कलाकार नविन सिह धामीको प्रस्तुती रहनेछ ।
 
पहिलो पटक बालकलाकारद्वय दिपक र ए.आर सुदूरपश्चिमको कञ्चनपुर आउन लागेका हुन् । बाल कलाकार यहाँ आउँने भएपछि बालकको रोकाईको कार्यक्रम रहनेछ । 

प्रमुख समाचार

कर्मचारी

View All