ताजा समाचार

News

परिवारबाटै अनुसन्धान गर्न दवावमुलक संघर्ष समितिको माग

२०७५ पौष २२ आइतबार
कञ्चनपुर -
 
बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको घर परिवारबाटै अनुसन्धान गर्न अधिकारकर्मीले माग अघि सारेका छन् ।
 
निर्मला हत्याकाण्डको पछिल्लो घटनाक्रम बुझ्न आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगेका दवावमुलक संघर्ष समितिका पदाधिकारी एव अधिकारकर्मीले निर्मलाकै घरपरिवार र आफन्तबाट अनुसन्धान गर्नुपर्ने माग अघि सारेका हुन् । 
 
बलात्कारपछि हत्याजस्ता जघन्य प्रकृतिका घटना नजिकका मान्छे र आफन्तबाटै हुने भएकाले निर्मलाको सबै क्षेत्रबाट अनुसन्धान गरेको प्रहरीले अब घरपरिवार र आफन्तबाटै अनुसन्धान गर्नुपर्नेमा जोडदिएका हुन् ।
 
प्रहरीले निर्मलाका आफन्तमा पनि अनुसन्धान जारी रहेको बताएका बेला नागरिक संघर्ष समितिका सदस्य एव अधिकारकर्मी प्रितिधिर पौडेल(भण्डारी)ले संका लागेका सबै क्षेत्रमा प्रहरीले अनुसन्धान गरेपनि केही उपलब्धी नपाएपछि अब प्रहरीले घरपरिवार, आफन्त र संस्कास्पद सबै व्यक्तिबाट अनुसन्धान शुरु गर्नुपर्नेमा बताईन् ।
 
नागरिक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले घरपरिवारबाटै अनुसन्धानमा सहयोग गरिनुपर्नेमा जोडदिदै संस्कास्पद क्षेत्रमा समेत प्रहरीले आफ्नै ढङगबाट छानबिन गर्नुपर्ने बताईन् । संयोजक श्रेष्ठ सहित दवावमुलक संघर्ष समितिका सदस्य रामेश्वरी रावल, बाबु पाण्डे, गंगा पाण्डे लगायतले कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतसंग निर्मला हत्याकाण्डको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । 
 
दवामुलक संघर्ष समिति निर्मला मृत फेलापरेदेखि नियमित आन्दोलनमै होमिएको थियो, छठयता यो संघर्ष समितिले सडक आन्दोलन गरेको छैन् । तर नियमित सरोकारवाला निकायसंग भेटघाट जारी राखेको छ । यस अघि दवावमुलक संघर्ष समितिले आन्दोलन गर्दा बमदिदि बहिनीमा बढि संका गरेका थिए, तर अहिले सो समुहले बमदिदि बहिनीप्रति संका कम हुँदै गएको जनाउदै आएका छन् । 
 
दवावमुलक संघर्ष समितिले न्यायका नाममा डलरको खेती र अनावश्यक राजनीतिक गरेर कञ्चनपुरकै बदानाम हुने भएकाले सडक आन्दोलन रोकेर न्यायका लागि कुटनैतिक आन्दोलन जारी राखेको जनाएको छ । 
 
यता छोरी निर्मलाका हत्यारा सार्वजनिकको माग राख्दै निर्मलाका बाबु यज्ञराज पन्त, उनकी दुवै श्रीमती (दुर्गा र लक्ष्मी) पनि गत कार्तिक २५ देखि नियमित आन्दोलनमै होमिएका छन् । उनीहरुले प्रशासनको मुल गेटमा टेण्ट लगाएर अनिश्चितकालिन धर्ना जारी राखेका छन् ।
 
निर्मलाको न्यायका लागि संघर्षरत अर्को नागरिक संघर्ष समितिले धर्नालाई सर्मथन दिएको छ । संघर्ष समितिका पदाधिकारी आ–आफ्नो व्यक्तिगत काममा हिडेपछि संघर्ष समितिको आन्दोलनले सार्थकता पाएको छैन् । १३ पुषदेखि यता कुनै कार्यक्रम भएका छैनन् । घोषणा भएका कार्यक्रम पनि भएनन् । 
 
दोस्रो पटक प्रहरी महानिरीक्षक सर्वेन्द खनाल कञ्चनपुर आएका बेला नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले निर्मलाको स्वाबमै संका भएकाले (आमा–बाबु)को रगतको नमुना लिएर म्याच गर्नुपर्ने माग राखेपछि प्रहरीले यज्ञराज र दुर्गाको रगतको नमुना लिने जनाएपछि यज्ञराजले दिन नमानेकाले नमुना संकलन गरिको छैन् ।
 
निर्मलाकी आमा दुर्गा रगत दिन तयार छिन्, तर बाबुले दिन नमानेपछि उनले पनि एक्कै किन दिने भन्दै गत शुक्रबार दिईनन् । ‘श्रीमानले दिन मानेका छैनन, ‘दुर्गाले भनिन, ‘मैले एक्लै किन दिने ।’ यज्ञराजले यस बारेमा अधिकारकर्मी र नागरिक समाजसंग सल्लाह गरेर रगत दिने बताएका छन् । उनी अहिले पनि धर्नामै छन् ।
 
यसैविच नेवि संघले पनि आईतबार धर्नामा साथ दिएका छन् । नेवि संघ नेता गोरख रौलेले संघका सह–महामन्त्री प्रकास घिमिरेले साथ दिएको बताए । उनले कम्मल समेत वितरण गरेका छन् । 
 
कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्ड छानबिनका लागि गम्भिरतापुर्वक लागिरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिह कडायतले निर्मला हत्याकाण्ड छानबिनका लागि प्रहरीले कुनैपनि कसरबाँकी नराखेको बताए ।
 
उनले संकास्पद व्यक्तिलाई निगरानीमा राखेर डिएनए समेत परिक्षण गरिएको बताए । ‘अब हामी मासमै डिएनए परीक्षणका लागि आब्हान गछौँ, ‘प्रहरी उपरीक्षक कडायतले भने, ‘सबै विकल्पमा अनुसन्धान जारी राखेका छौँ ।’ कञ्चनपुरका प्रहरी प्रमुख कडायतले घरपरिवारले पनि अनुसन्धानमा नसघाएको बताउदै छिटो निष्कर्षमा पुग्नका लागि सघाउनुपर्नेमा जोडदिए ।
 
होमवर्क गर्न साथीको घर गएकी निर्मलाको बलात्कार पछि हत्या गरेर उखुबारीमा गत साउन ११ गते फेला परेकी थिईन् । अहिलेसम्म निर्मलाको वास्तविक हत्यारा पत्ता लागेको छैन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All