ताजा समाचार

News

डीपीएलको खेलाडी अक्सन सुरु

२०७५ पौष २१ शनिबार
image not found

काठमाडौं -

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन (बोलकबोल) शनिबार काठमाडौंमा सुरु भएको छ । 

आगामी माघ २६ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने डीपीएलमा ६ वटा फ्रेन्चाईन टोलीहरु धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

अक्सनका लागि यसअघि २०५ खेलाडीले आवेदन दिएका थिए । अक्सनमा रहेका खेलाडीको न्युनतम ३० हजार देखि दुई लाख ५० हजार रुपैयाँ सम्म मुल्य राखिएको छ । अक्सन शनिबार दिनभर चल्नेछ । 

सहभागी टोलीले १५ जना खेलाडी अनुबन्धित गर्नुपर्ने नियम छ । जसमा दुई जना ट्यालेन्ट हन्टबाट आएका युवा खेलाडी र दुई जना बिदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ ।

डीपीएलमा विराटनगर किंग्सले पारस खड्का नखेल्ने भएपछि करण केसीलाई मार्की खेलाडी बनाएको छ । पछिल्लो संस्करण ‘टिम चौराहा धनगढी’ को नाममा खेलेको धनगढीे यसवर्ष ‘धनगढी स्टार्स’ को नाममा खेल्दैछ । उसको मार्की खेलाडीमा सोमपाल कामीले निरन्तरता पाएका छन् ।

महेन्द्रनगर युनाइटेडमा यसवर्ष विनोद भण्डारीको स्थानमा शरद भेषावकर मर्की खेलाडी छन् । शरदले अघिल्लो बर्ष पारीवारिक व्यस्तताका कारण खेलेका थिएनन् ।

रुपन्देही च्यालेन्जर्सले बसन्त रेग्मीलाई मार्की खेलाडी बनाएको छ । यसअघिका शक्ति गौचनले हालै सन्यास लिएका कारण उनको स्थानमा वसन्तलाई मार्की खेलाडी बनाएको हो ।

काठमाडौं गोल्डेन्सले राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई र सीवाईसी अत्तरियाले पनि दिपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All