ताजा समाचार

News

महेन्द्रनगरदेखि देहरादुनसम्म बस सेवा संचालन

२०७५ मङ्सिर २३ आइतबार
कृष्ण नेपाली \ कञ्चनपुर -
 
(नेपाल–भारत) मैत्रीबस सेवा अन्र्तरगत कञ्चनपुरको महेन्द्रनगरदेखि देहरादुनसम्म बस सेवा संचालनमा आएकोछ  । शनिबारदेखि महाकाली यातायात बस व्यवसायी कम्पनी प्रालिले नेपालको (महेन्द्रनगरदेखि भारतको देहरादुतसम्म) बस संचालनमा ल्याएको हो । भारतको मुख्य तिर्थाटन हरिद्वार हुँदै देहरादुनसम्म ४०४किलोमिटर दुरीमा नियमित बस संचालन हुने छ  ।
 
 यातायात सेवाको पहिलो दिन महाकालीको ना ७ ख ३४३२ नम्बरको बसले ४५ यात्रु लिएर देहरादुन गएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकास बहादुर रावल र भारत उत्तराखण्ड प्रदेश खटिमा क्षेत्रका विद्यान सभा सदस्य पुष्कर सिह धामीले संयुक्त रुपमा बस सेवाको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै दुवैले नेपाल–भारतको मैत्री बस सेवाले दुवै देशको सम्बन्ध विस्तार हुनेमा आशा व्यक्त गरे ।
 
सुप प्रदेशका वन राज्यमन्त्री रावलले यातायात सेवाले दुवै देशको सम्बन्ध अझै प्रगाढ हुने बताए । ‘सीमा क्षेत्रमा जुन ढङगका बाधा, अवरोध थिए, ‘मन्त्री रावलले भने, ‘बस संचालन भएदेखि हट्नेछन् । यात्रुलाई सुविधा पुग्नेछ ।’ यात्रुलाई गुणस्तरिय सेवा दिन समेत उनले व्यवसायीसंग आग्रह गरे । उनले नेपालदेखि भारतका विभिन्न गन्तव्य पुग्नका लागि सीमा क्षेत्रमा खेप्नुपर्ने बाध्यता सिधै हट्ने समेत बताए ।
 
भारत उत्तराखण्ड प्रदेश खटिमा क्षेत्रका विद्यान सभा सदस्य पुष्कर सिह धामीले बस संचालनसंगै दुवै देशको सम्बन्ध अझै अझै बलियो हुने बताउनुभयो । उनले बस सेवा संचालनको उद्घाटनको दिन दुवै देशका लागि ऐतिहासिक भएको समते तर्क गरे । दोधाराचाँदनीमा बन्ने भनिएको सुक्का बन्दरगाहको काम अघि बढाउनका लागि आफ्नो व्यक्तिगत र देशका तर्फबाट पहल गर्ने बचन दिदै उनले बनबासा पुलको अवधि समेत दैनिक १२ घण्टा पु¥याउने बताए । उनले आफुलाई नेपाल आउन आफ्नै कैसीको जस्तो मान्ने बताउदै नेपालीले पनि भारत जानका लागि आफ्नै बाबुको घर मान्नुपर्नेमा भावना प्रकट गरे ।
 
महाकाली नदीमा पुल र सुख्खा बन्दरगाह निर्माणसंगै ढुवानीमा राहत पुग्ने बताए । उनले परापुर्वकालदेखिको (नेपाल–भारतको)सम्बन्ध विस्तारमा समेत जोडदिए । महाकाली यातायात बस व्यवसायी कम्पनी प्रालिका अध्यक्ष डम्बर दत्त पन्तले महेन्द्रनगरदेखि दैनिक दुई बस संचालनमा आउने बताए । यात्रुको चापलाई मध्य नजर गर्दै बस संचालनमा उनले जोडदिए ।  लामो प्रयासका विच महाकाली यातायातले महेन्द्रनगरदेखि देहरादुनसम्मको बस सेवा संचालनमा ल्याएको बताए । उनका अनुसार दैनिक महेन्द्रनगरदेखि दुई बस संचालन हुनेछन् ।
 
नेपालका तर्फबाट महाकाली र भारतका तर्फबाट उत्तराखण्ड सरकारको बस संचालन हुनेछ । यस अघि भारतको राजधानी दिल्ली बस संचालन गरेको महाकालीले मंसिर तेस्रोसातादेखि देहरादुनसम्मको बस संचालन गरेको हो । महेन्द्रनगरदेखि देहरादुनसम्मको लागि एक हजार २४ रुपैया नेपाली भाडा निर्धारण गरिएको अध्यक्ष पनतले बताए । उनले  झण्डै दुईसय बर्षअघि नेपालीबीर गोर्खालीले देहरादुनमा देखाएको बिरताको कदरगर्दै बस संचालन गरेको बताए । ‘देहरादुनमा नेपाली भाषि बसोबास गर्दै आएका छन्, ‘उनले भने, ‘बस संचालनले समेत नेपालीभाषिका लागि लाभ हुनेछ ।’ 
 
बस संचालनबाट नेपालको वाणिज्य क्षेत्रको कारोबारमा समेत बृद्धि हुने उद्योगी व्यवसायीको भनाई छ ।   कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष माधव प्रशाद जोशीले देहरादुनसम्म बस संचालनले नेपालको व्यापार क्षेत्रको विकासमा जोडदिए । उनले दुवै देशका धार्मिक पर्यटकिय गन्तव्य जोडिने बताए । उनले यसबाट यात्रुलाई राहतका साथै उद्योग एव वाणिज्य क्षेत्रको विकासमा समेत योगदान पुग्ने बताए । वाणिज्य संघले नेपाली बस्तुको प्रर्बद्धनका लागि यस अघि दुई पटक देहरादुनमा व्यापार मेला संचालन गरेको प्रसङ जोड्ने उनले यातायात सेवाबाट समेत व्यवसाय फस्टाउने बताए ।
 
बस संचालन कार्यक्रममा नेपालभारत दुवै देशका सरकारी अधिकारी, व्यवसायी ए जनप्रतिनिधीको समेत सहभागिता रहेको थियो । 

प्रमुख समाचार

कर्मचारी

View All