ताजा समाचार

News

निर्मला प्रकरण : दुई जना चौधरी लाई प्रहरीले काठमाडाैं झिक्यो

२०७५ मङ्सिर २० बिहिबार
image not found

कन्चनपुर-

निर्मला पन्त हत्याकाण्डमा थप दुई जनालाई कन्चनपुर प्रहरीले अनुसन्धानका लागि अभिभावककाे साथ लगाएर काठमाडाैं पठाएकाे छ । मंगलबार काठमाण्डौँमा पक्राउ परेका प्रदिप रावलले दिएको बयानका आधारमा भीमदत्त नगरपालिका–१८ भतपुरका दिनेश चौधरी र संन्दिप चौधरीलाई काठमाडाैं पठाइएकाे हाे ।

उनीहरूलाई बुधबार साँझ कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले महानगरिय प्रहरी परिसरले केही बुझ्नका लागि झिकाएकाले अभिभावककाे साथ लगाएर काठमाडाैं पठाइएकाे बताए ।

‘दुवै जनालाई केन्द्रमा बोलाएको हो,’ प्रवक्ता ओझाले भने, ‘हामीले त सहजीकरण गरेका हौँ, घटना भेरिफाई गर्नका लागि पठाइएको हो ।’ दिनेश चौधरीका आमा सिता चौधरीले घरमै रहेका दिनेश र संजिवलाई हिजो साँझ पक्राउ गरि जिल्ला प्रशासन कार्यलय लगिएकाे बताइन् ।

प्रमुख समाचार

कर्मचारी

View All