ताजा समाचार

News

छतबाट हामफाल्दा बेलौरीकी एक छात्रा घाइते

२०७५ मङ्सिर २० बिहिबार
image not found
धनगढी -
 
धनगढी स्थित सुदूरपश्चिमाञ्चल एकेडेमी  को छतबाट हामफाल्दा बेलौरीकी एक छात्रा घाइते भएकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–२, सन्तोसीटोलमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमीको छतबाट हामफाल्दा सोही एकेडेमीमा कक्षा–११ मा अध्ययनरत् बेलौरी नगरपालिका वडा नम्बर–४, घर भएकी पूजा चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 
क्याम्पस चलिरहेका बेला बिहीबार दिउँसो पूजाले छतबाट हामफालेको कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
 
पूजाको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनमा बाहिरी चोट नदेखिएपनि भित्र शरीरमा चोट लागेको हुनसक्ने आशंका गरिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–४, घर भएकी पूजा हाल धनगढी–२, सन्तोसीटोलमा भाडामा बस्दै आएकी छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All