ताजा समाचार

News

दुईजना महिला भालुको आक्रमणबाट घाइते

२०७५ मङ्सिर १९ बुधबार
image not found

कैलाली – डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । 

घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताउनुभयो । उहाँको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते हुनुभएको छ । उहाँ घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा पर्नुभएको हो ।

आक्रमणबाट उहाँले एक आँखा गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताउनुभयो । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All