ताजा समाचार

News

नयाँ ढंगबाट आन्दोलन,कन्चनपुरका महिला अधिकारकर्मीद्वारा

२०७५ मङ्सिर १७ सोमबार
image not found

कन्चनपुर -

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै कन्चनपुरका महिला अधिकारकर्मीले नयाँ ढंगबाट आन्दोलनको सुरुआत गरेका छन् ।

निर्मलाको न्यायका लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा बसेका महिला अधिकारकर्मी तथा नागरिक संघर्ष समितिले सोमबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् ।

उनीहरुले आन्दोलनको नयाँ कार्यक्रमअन्तर्गत् सोमबार कन्चनपुरस्थित जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।

निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको महिला अधिकारकर्मी शारदा चन्दले बताइन् ।

उनले सोमबार र मंगलबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालोपट्टी बाँधेर विरोध जनाउने बताइन् ।

चन्दकाअनुसार मंसिर २० गतेसम्म नयाँ तरिकाको आन्दोलनबाट सरकारलाई दबाब दिइनेछ ।

सरकारले आफूहरुको मागको बेवास्ता गरे सबै पक्षसँग पुनः छलफल गरी आन्दोलनका कार्यक्रम तय गरिने उनले बताइन् ।

प्रमुख समाचार

कर्मचारी

View All