ताजा समाचार

News

आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै

२०७५ मङ्सिर १७ सोमबार
image not found

काठमाडौं  -  २७ औं अन्तर्राष्ट्रिय अपांगता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘अपांगता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने मूल अन्तर्राष्ट्रिय नारा तथा ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

अपांगता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रुपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपांगता वर्षका रुपमा घोषणा गरेको थियो । सन् १९९२ बाट हरेक वर्ष डिसेम्बर ३ तारिखलाई अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो ।

नेपालमा सन् २०१३ बाट यो दिवस मनाउन थालिएको यो हो । राष्ट्रिय जनगणनाअनुसार नेपालमा करिब ५ लाख अपांगता भएका व्यक्ति छन् । विश्व बैंक र विश्व स्वास्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वको कूल जनसंख्याको १५ प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको अपांगता रहेको उल्लेख छ ।

अपांगता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतल शुभकामना सन्देश जारी गरेका छन् । 

प्रमुख समाचार

कर्मचारी

View All