ताजा समाचार

News

रिभर प्लेट र बोका जुनियर्सबीचको खेल स्थगित मड्रिडमा खेलाइने

२०७५ मङ्सिर १४ शुक्रबार
image not found

काठमाडौं -

अर्जेन्टिनी फुटबल क्लबहरु रिभर प्लेट र बोका जुनियर्सबीच अघिल्लो साता स्थगित खेल स्पेनको राजधानी मड्रिडमा हुने भएको छ ।

दक्षिण अमेरिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा लिबरटोडोरेसको फाइनलमा पुगेका दुई अर्जेन्टिनी प्रतिद्वन्द्वीबीचको खेल सुरक्षाका कारण दुई पटक स्थगित गरिएको थियो । सोही खेल अब स्पेनिस क्लब रियाल मड्रिडको मैदानमा खेलाइने भएको हो ।

अर्जेन्टिनी फुटबलका सबैभन्दा ठूला दुई शत्रु क्लबहरु रिभर प्लेट र बोका जुनियर्सबीच गत शनिबार रिभर प्लेटको मैदानमा दोस्रो लेगको खेल हुने तालिका थियो । तर बोका जुनियर्सका खेलाडी चढेको बस रंगशालातर्फ जाँदै गर्दा रिभर प्लेटका समर्थकहरुले आक्रमण गरेपछि खेल स्थगित गरिएको हो ।

यसपछि बोका जुनिसर्यले उक्त मैदानमा खेल्न आफुहरु सुरक्षित नभएको उजुरी दिएपछि आयोजकले खेल मड्रिडमा सारेको हो । दोस्रो लेगको खेल आगामी डिसेम्बर ९ तारिख आइतबार हुनेछ ।

यसअघि बोका जुनियर्सको मैदानमा भएको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । प्रतियोगिताको ५८ वर्षे ईतिहासमा यी दुई टोलीहरु उपाधिका लागि भिड्न लागेको यो पहिलो अवसर हो ।

बोका जुनियर्स र रिभर प्लेट अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका दुई छिमेकी क्लबहरु हुन् । यी दुई क्लबहरुको रंगशालाको दुरी १५ किलोमिटर मात्रै छ ।

प्रमुख समाचार

कर्मचारी

View All