ताजा समाचार

News

बेलौरी घर भएका सशस्त्र प्रहरीको शव भेटियो

२०७५ मङ्सिर २ आइतबार
image not found
बेलौरी  –
 
बेलौरीका सशस्त्र प्रहरीको शव  भेटिएको छ । कात्तिक १५ गते सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका प्रहरी जावनको शव भेटिएको हो  कञ्चनपुर बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको थियो । बेपत्ता भएका बुढाको खोजीका लागि काठमाडौंदेखि गोताखोरको टोली समेत बझाङ पुगेको थियो । सदरमुकाम चैनपुरको सिमलको रुख नजिकै भएर बग्ने सेती नदीमा नुहाउने क्रममा बुढा बेपत्ता हुनुभएको थियो ।
 
आइतबार दिउँसो बेपत्ता भएको ठाँउबाट नै शव बाहिर निस्किएको सशस्त्र प्रहरी जवानले नै देखेको र शवलाई पिछा गर्दै जाँदा देवल एरपोर्ट नजिकबाट निकालिएको सशस्त्र प्रहरी जवान सुरेन्द्र सिंहले बताउनुभयो । शव भेटिएको बारे मृतकका आफन्तलाई जानकारी दिइसकेको र अहिले शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको सशत्र प्रहरीका डीएसपी भुवनराज पन्तले बताउनुभयो । 

प्रमुख समाचार

कर्मचारी

View All