ताजा समाचार

News

फ्रान्समा प्रदर्शन इन्धनको मूल्यवृद्धि विरुद्ध , एक जनाको मृत्यु, दुई सय घाईते

२०७५ मङ्सिर २ आइतबार
image not found

काठमाडौं -

इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।

इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै तीन लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २ सयभन्दा बढी घाइते भएका छन् । पहेंलो ज्याकेट लगाएर प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

प्रदर्शनकारीहरुले राष्ट्रपति इम्यानुएल म्याक्रोले नागरिकका आवाजलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All