ताजा समाचार

News

बाढीपहिरोले घर न बाली

२०७५ कार्तिक २७ मंगलबार
image not found

बाजुरा - गएको बर्खा अविरल वर्षात्का कारण जिल्लाका धेरै स्थानमा बाढीपहिरो जाँदा धेरै बस्ती जोखिममा रहेका छन् । जिल्लाको बूढीगङ्गा नगरपालिकाका ९० घरधुरीमध्ये ७० घरपरिवारको घर जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।  पहिरोको कारण जिल्लाका धेरै भौतिक संरचना पुल, सडकमा समेत क्षति पुगेको छ भने कैयौँ बस्ती बस्ने कि नबस्ने भन्ने अवस्थामा पुगेका छन् । 

वर्षात्का बेला घरबार छोडेर सुरक्षित ठाउँमा त्रिपालको भरमा बसेका समुदाय हिउँद लागेपछि गाउँ नजिकै फर्कन थालेका छन् । गाउँमा फर्किए पनि बर्खाभरि पानी चुहिएका र भत्किएका घरमा फर्केर आउँदा मन खिन्न भएको स्थानीय बासिन्दाले
बताएका छन् । 

कतिपय बासिन्दाले आफ्नो घरमा बस्न नसक्ने अवस्था भएपछि छिमेकीका घरमा बास माग्न थालेका बूढीगङ्गा १ का नन्दे पुरीले बताउनुभयो ।  त्रिवेणी नगरपालिकाको पैमामा बाढीपहिरोले लगाएको धानखेती पुरिदिँदा धान भिœयाउने बेला हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ ।

स्थानीय गोपाल नेपालीका अनुसार न घर रह्यो न खेतीपाती नै भित्र्याउन पाइयो । यो वर्ष भोकमरी हुने पीरले सताइरहेको छ बस्तीमाथिको पहिरो आउँदा घरबार तथा सम्पत्ति छाडेर ज्यान जोगाएकी गुमा जैशीले भन्नुभयो, बर्खाभरि घरमाथिको पहिरोले सतायो, हिउँद लागेपछि जाडोले सताउने भयो । 

रोजगारीका लागि भारत पस्न बाध्य भएका स्थानीय गणेशबहादुर थापाले आफ्ना लालाबाला लुकाउने घरसमेत जोखिममा परेकाले कमाइ गर्न जाने कि घर बनाउने भन्ने चिन्ताले सताएको बताउनुभयो ।

 

प्रमुख समाचार

कर्मचारी

View All